समाचार

माघ २२ देखि सांसदहरूको विद्युतीय हाजिरी

By खबरहब

February 03, 2024

काठमाडौं– यही माघ २२ गतेदेखि सांसदहरूको विद्युतीय हाजिरी हुने भएको छ । 

संघीय संसदमा सांसदहरूको विद्युतीय हाजिरी हुने भएको संसद् सचिवालयले जनाएको छ। माघ २२ गते देखि सुरु हुने हिउँदे अधिवेशनदेखि विद्युतीय हाजिरी अनिवार्य गर्न लागिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । 

यसमा लागि चार वटा मेसिन राखिएको छ बताइएको छ । विद्युतीय हाजिरीका लागि बानेश्वरस्थित संसद् भवनमा बैठक कक्ष बाहिर व्यवस्था गरिएको छ ।

 तर  प्रधानमन्त्री, प्रमुख विपक्षी दलको नेता र पूर्वप्रधानमन्त्रीको हकमा हाजिरीका लागि छुट्टै मेसिनको व्यवस्था भएको सचिवालयको भनाइ छ ।