समाचार

लोकतन्त्र समाप्त पार्ने चलखेल भइरहेको छ : ओली

By खबरहब

February 03, 2024

काठमाडौं– नेकपा एमालेका अध्यक्ष कपी शर्मा ओलीले लोकतन्त्र नै समाप्त पार्ने गरी राजनीतिक चलखेल भइरहेको बताएका छन् । 

सिंहदरबारमा बसेको एमाले संसदीय दलको बैठकमा उनले यस्तो बताएका हुन् । 

उनले सत्तारुढ नेपाली कांग्रेसका एक जना उच्च पदाधिकारीले नै स्वतन्त्र सांसदलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेको समेत दाबी गरे । 

उनले भने, ‘देश कहाँ पुगेछ । नेपाली कांग्रेसका एकजना उच्चस्तरीय पदाधिकारीले स्वतन्त्र हैसियतको सांसदलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्नुभयो ।’ 

 उनले अहिले देशको अवस्था अत्यन्तै खराब भएको भन्दै यसबाट जोगिन सबैलाई अपिल गरे ।