बलिउड/हलिउड

आफ्नै मृत्युको झूठो खबर फैलाएर पुनम पाण्डेको नौटंकी, किन गरिन् यस्तो ?

By खबरहब

February 03, 2024

काठमाडौं- भारतीय मोडल पुनम पाण्डेले आफ्नो मृत्युको झूठो खबर फैलाएर नौटंकी (स्टन्ट) गरेको खुलेको छ ।

उनले शनिबार सामाजिक सञ्जालमार्फत् आफू जीवितै रहेको पुष्टि गरेकी हुन् । यसअघि शुक्रबार उनको मृत्यु भएको खबर भाइरल भएको थियो ।

पुनमको सामाजिक सञ्जालमार्फत् पाठेघरको मुखको क्यान्सरबाट मृत्यु भएको खबर फैलाइएको थियो । सोही आधारमा विभिन्न सञ्चार माध्यमले पुनमको मृत्यु भएको समाचार लेखेका थिए ।

तर, पछिल्लो पटक भने आफ्नो मृत्युको खबरलाई लिएर पुनमले माफी मागेकी छिन् । उनले आफू जीवितै रहेको भन्दै पाठेघरको मुखको क्यान्सविरुद्ध सचेतना फैलाउन यस्तो गरेको बताएकी छिन् ।

यो रोगको कारण अरू कसैले आफ्नो जीवन गुमाउनु नपरोस् भन्ने आफ्नो उद्देश्य रहेको उनको दाबी छ ।