समाचार

नेता भएर चुनाव लड्न र प्रधानमन्त्री बन्न पूर्वराजालाई माधव नेपालको चुनौती

By खबरहब

February 03, 2024

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नेता भएर चुनाव लड्न र प्रधानमन्त्री बन्न चुनौती दिएका  छन् । 

नेपालले देश राम्रोसँग चलेको जस्तो नलागे पूर्वराजा शाह संवैधानिक प्रक्रियाबाट आफैँ प्रधानमन्त्री बन्न सक्ने बताएका हुन् । 

शनिवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए । 

उनले भने, ‘यदि राज्य शासन प्रणाली ठिक ढङ्गले चलेको छैन भने, मुलुक राम्ररी चलाउन सकेका छैनन् भने नेता भएर आए हुन्छ । जनताको बीचमा भिजे हुन्छ, चुनाव जितेर आए हुन्छ । राम्रो प्रधानमन्त्रीको रूपमा देशलाई विकल्प दिए हुन्छ।’