फोटो फिचर

राजधानीमा भ्रष्टाचारविरुद्ध आजपाको खबरदारी ऱ्याली (फोटो फिचर)

By खबरहब

February 03, 2024

काठमाडौं– प्रभु साह नेतृत्वको आम जनता पार्टीले भ्रष्टाचारविरुद्ध विशाल मोटरसाइकल ऱ्याली निकालेको छ ।

सो पार्टीको उपत्यका संयोजन समितिले आज काठमाडौंमा भ्रष्टाचारविरुद्ध विशाल मोटरसाइकल ऱ्याली निकालेको हो । 

‘भ्रष्टाचारीलाई कारबाही गर, जनता लुट्न पाइदैन, लुटकारी व्यवस्था चाहिदैन’ भन्ने नारा सहित निकालिएको उक्त ऱ्याली थापाथलीबाट त्रिपुरेश्वर हुदै रत्नपार्कमा पुगेर समापन भएको थियो ।

भ्रष्टाचारले आम जनता आजित भएको र देश बर्बाद भइरहेको सन्दर्भमा युवाहरूले भ्रष्टाचारविरुद्ध काठमाण्डूमा देखाएको साहसिक प्रदर्शन असाध्यै सराहनीय कार्य भएको अध्यक्ष  साहले जनाएका छन ।