सांकेतिक तस्बिर

देश/प्रदेश

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु  

By खबरहब

February 03, 2024

दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिका-६ कुम्लेखोलामा माछा माने क्रममा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २८ वर्षीय सन्तोष कुमाल रहेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सल्यानको शारदा नगरपालिका–१२ घर भई हाल शुक्लागण्डकीको ओख्ले बस्ने २५ वर्षीय सन्तोष डाँगी र २८ वर्षीय कुमालले विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा कुमाललाई करेन्ट लागेको थियो । 

करेन्ट लागेर घाइते अवस्थामा कुमाललाई उपचारका लागि शुक्लागण्डकी-५ स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।