देश/प्रदेश

रौतहटमा ४ थान सालको गोलियासहित तस्कर पक्राउ

By खबरहब

February 03, 2024

रौतहट– रौतहटमा छुट्टाछुट्टै दुई स्थानबाट ४ वटा सालको गोलियासहित वन सुरक्षा टोलीले तस्करलाई पक्राउ गरेको छ।

वृन्दावन र चेतनगर सब-डिभिजन क्षेत्रको वनबाट लुकिछिपी कटान गरी ल्याइरहेको अवस्थामा चार थान साइकल, चार थान सालको गोलिया‚ एक थान मोटरसाइकलसहित तस्करलाई सुरक्षाटोलीले पक्राउ गरेको हो। 

सहायक वन अधिकृत अनिल महतोको कमान्डमा गएको टोलीले काठ तस्कर गढीमाई नगरपालिका-९ का राकेशकुमार साहलाई पक्राउ गरेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रले बताए। साथै उनले प्रयोग गरेको बिआर ०६ बिके ५७६९ नम्बरको  मोटरसाइकल बरामद गरिएको प्रमुख मिश्रले जानकारी दिए।

बरामद  १८ क्युफिट काठ‚ साइकल , मोटरसाइकल वृन्दावन सब-डिभिजन वन कार्यालयको नियन्त्रणमा रहेको छ। पक्राउ परेका काठ तस्कर राकेशलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय चन्द्रनिगापुर पठाइएको  बताइएको छ।