समाचार

देश धेरै अप्ठ्यारोमा छ, लयमा फर्काउन निकै गाह्रो छ : विष्णु पौडेल

By खबरहब

February 03, 2024

बुटवल– नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले देशको राजनीति धमिलिँदै गएको बताएका छन ।

प्रेस चौतारी नेपाल रूपन्देहीले शनिबार आयोजना गरेको मैत्रीपूर्ण फुटसल प्रतियोगिता शुभारम्भ गर्दै पौडेलले देशको राजनीति धमिलो भएकै कारण देश ठिक ढङ्गले अघि बढ्न नसकेको बताएका हुन । 

 ‘देश धेरै अप्ठ्यारो अवस्थामा छ’, पौडेलले भने । उनका अनुसार राजनीति सङ्लो नभएसम्म देश ठिक ढङ्गबाट अघि बढ्न सक्ने अवस्था छैन ।

 ‘जबसम्म राजनीति सङ्लो हुँदैन, तबसम्म देश ठिक ढङ्गले अघि बढ्न सक्दैन, अहिले देशको राजनीति बिग्रिरहेको छ’ पौडेलले भने ।

सरकारका काम कारबाहीले देश लथालिङ्ग बन्दै गएको पौडेलले बताए । देशलाई लयमा फर्काउन निक्कै चुनौती रहेको उनले जनाएका छन ।