तस्बिर- रोयटर्स

अन्तर्राष्ट्रिय

फ्रान्समा छुरा प्रहारबाट तीन जना घाइते

By खबरहब

February 03, 2024

पेरिस- फ्रान्सको दक्षिणपूर्वी पेरिसमा रहेको गारे डे लियोन रेलवे स्टेशनमा शनिबार छुरा प्रहार हुँदा तीन जना घाइते भएका छन् ।

सो घटना बिहान ८ बजे भएको थियो । पीडित मध्ये दुई जना सामान्य घाइते भएका छन् भने अर्का गम्भीर घाइते छन् ।

यद्यपि कसैको पनि ज्यान जोखिममा नरहेको प्रहरी स्रोतलाई उद्धृत गर्दै सञ्चार माध्यममा जनाइएको छ। घटनाबारे अनुसन्धान जारी छ ।