राजनीति

नारायणहिटीमा राजावादीको प्रदर्शन

By खबरहब

February 03, 2024

काठमाडौं- राजसंस्था समर्थकहरुले राजधानीस्थित नारायणहिटी दरबार संग्रहालयअगाडि प्रदर्शन गरेका छन् ।

मुलुकमा हिन्दू राष्ट्रसहितको राजसंस्था पुनःस्थापना हुनुपर्ने माग राख्दै उनीहरुले प्रदर्शन गरेका हुन् । राष्ट्रिय झण्डासहित प्रदर्शनमा सहभागीहरुले राजसंस्थाको पक्षमा नारा लगाएका थिए ।

प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवलशमशेर राणाले दलका नेताहरुले मुलुकलाई भ्रष्टाचारमा डुबाएको भन्दै देशमा अन्तिम आन्दोलन गर्न तयार भएको बताए । उनले मुलुकलाई अघि बढाउन हिन्दू राष्ट्रसहितको राजसंस्था अनिवार्य भइरहेको बताए ।

त्यसअघि उनीहरुले काठमाडौका विभिन्न स्थानमा र्‍यालीसमेत निकालेका थिए ।