राजनीति

शान्ति प्रक्रियाको बाँकी काम दलहरुको सहमतिमा टुङ्ग्याइन्छ : प्रधानमन्त्री

By खबरहब

February 03, 2024

उदयपुर – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाको बाँकी काम राजनीतिक दलहरुको सहमतिमा टुङ्गिने बताएका छन् ।

रौतामाई गाउँपालिका नयाँ प्रशासनिक भवनको उद्घाटन गर्दै उनले वर्तमान गठबन्धन सरकारले विगत जनयुद्धकाकालदेखि थाती रहेका शान्तिप्रक्रियाका बाँकी टुङ्ग्याउनका लागि राजनीतिक दलबीच सहमतिको प्रयास जारी रहेको बताए।

प्रधानमन्त्री दाहालले अहिले पहिले जस्तो आर्थिक सङ्कट नभएको भन्दै अर्थतन्त्रका सूचकहरु सकारात्मक भएको बताए । प्रधानमन्त्री दाहालले आजै उदयपुरको जलजलेमा रहेको उदयपुर सिमेन्ट उद्योगको पनि अनुगमन तथा निरीक्षण गरे ।