खेलकुद

नेदरल्यान्डविरुद्ध चलेन नामिबियाको ब्याटिङ

By खबरहब

March 03, 2024

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत नेदरल्यान्डविरुद्ध पहिला ब्याटिङ गरेको नामिबियाले कमजोर प्रदर्शन गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको नामिबियाले ११ ओभरको खेल चलिरहँदा ४ विकेट गुमाएर ६५ रन बनाएको छ ।

नेदरल्यान्ड्सका बलरहरू नामिबियाका ब्याट्सम्यानमाथि हाबी भइरहेका छन् । आजको खेलमा जित हान पार्ने टोलीले फाइनलमा स्थान बनाउने छ र उपाधिका लागि नेपालसँग भिड्ने छ ।

यसअघि शनिबार भएको खेलमा नेपालले नेदरल्यान्डमाथि सानदार जित निकालेको थियो । शुक्रबार भने नामिबिया नेपालसँग ३ रनको झिनो अन्तरले पराजित भएको थियो ।