राजनीति

देउवा र ओलीसँग प्रधानमन्त्रीको छुट्टाछुट्टै भेट

By खबरहब

March 03, 2024

काठमाडौं – सत्य निरूपण तथा मेलमिलाप र बेपत्ताहरूको छानबिन आयोगसम्बन्धी विधेयक (टीआरसी) बारे प्रधानमन्त्री पुष्पकमल दाहालले बालुवाटारमा छलफल गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री दाहालले आज छुट्टाछुट्टै छलफल गरेका हुन् ।

विधेयकलाई लिएर कांग्रेस र एमाले पनि सकारात्मक रहेको प्रधानमन्त्री सचिवालय स्रोतले बतायो । यसअघि नेकपा एमालेले टीआरसी अघि बढाउँदा पीडित मैत्री बन्नुपर्ने भन्दै असहमति जनाएको थियो । पछिल्लो समय भने एमाले विधेयकलाई लिएर सकारात्मक देखिदै आएको छ ।

हाल उक्त विधेयक संसद्को कानुन समितिमा रहेको छ । आजै समितिमा यो विधेयकमाथि छलफल हुँदैछ ।