अन्तर्राष्ट्रिय

चिनियाँ जनमुक्ति सेनाका लडाकु विमान ताइवानी हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश

By खबरहब

March 03, 2024

ताइपेई- चीन र ताइवानबीचको तनाव थप बढेको छ । हालैमात्र २१ चिनियाँ लडाकु विमान र ६ नौसैनिक जहाजले ताइवानको फन्को मारेका छन् ।

ताइवानी  रक्षा मन्त्रालयका अनुसार ती विमानहरू शनिबार बिहान ६ बजेदेखि आइतबार बिहान ६ बजेसम्म देखिएका छन् ।

ताइवानी पक्षले जनाएअनुसार चिनियाँ जनमुक्ति सेनाका २१ वटा विमानमध्ये एउटाले ताइवान स्ट्रेट मध्य रेखा पार गरी ताइवानी हवाई रक्षा पहिचान क्षेत्रको दक्षिण पश्चिम कुनामा प्रवेश गरेको थियो । थप ९ लडाकु विमानले ताइवानको दक्षिण पश्चिम क्षेत्रमा प्रवेश गरेका थिए ।

चीनको यस कदमसँगै ताइवानले जनमुक्ति सेनाको गतिविधि निगरानी गर्न हवाई रक्षा मिसाइलहरू तैनाथ गरेको छ ।