समाचार

महानगरपालिकाको निर्णयविरुद्ध कवाडी व्यवसायीले आइतबार पनि गरे प्रदर्शन

By खबरहब

March 03, 2024

काठमाडौं- कवाडी व्यवसाय सञ्चालन गर्न नदिने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध कवाडी व्यवसायीहरुले आइतबार पनि प्रदर्शन गरेका छन् ।

महानगरले कवाडी व्यवसायीमाथि दमन गरेर आतंक सिर्जना गरेको भन्दै उनीहरुले आइतबार राष्ट्रिय सभागृहअगाडि प्रदर्शन गरेका हुन् । उनीहरुले अनाधिकृत ढंगले कवाड हटाउने कार्य बन्द गर, अदालतको निर्णयको सम्मान गर, दमन बन्द गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

काठमाडौं महानगरपालिकाको रिङरोड भित्रका कवाडी व्यवसाय हटाउने नीतिका विरुद्ध र महानगरपालिका भित्रका विभिन्न वडा कार्यालयहरुले कवाडी व्यवसायदर्ता नविकरण नगरेको भन्दै उनीहरुले आपत्ति जनाएका छन् ।

आफूहरुले प्रचलित कानुनबमोजिम दर्ता गरेर सरकारलाई तिर्नुपर्ने करसमेत तिर्दै आएको भन्दै उनीहरुले व्यवसायीलाई निर्वाध रुपमा व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग गरेका छन् ।