क्रिकेट

एक दिवसीय र टी २० खेल्न आयरल्याण्डको ‘ए’ टिम नेपाल आउने

By खबरहब

March 03, 2024

काठमाडौं- आयरल्याण्ड क्रिकेटको ‘ए’ टिम नेपाल भ्रमणमा आउने भएको छ । नेपालमा आयरल्याण्ड ‘ए’ ले नेपालको राष्ट्रिय टिम र नेपाल ‘ए’ विरुद्ध टी-२० तथा एक दिवसीय सिरिज खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार आयरल्याण्ड ‘ए’ ले नेपालको राष्ट्रिय टिमसँग २ टी-२० खेल खेल्ने छ भने नेपाल ए सँग ३-३ खेलको टी-२० र एक दिवसीय सिरिज खेल्ने भएको छ ।

क्यानका अनुसार नेपाल र आयरल्याण्ड ए टिमबीच आगामी मार्च २४ र २५ मा टी-२० खेल हुनेछन् । त्यस्तै मार्च २८, २९ र ३१ मा नेपाल र आयरल्याण्ड ए बीच टी-२० सिरिजका खेलहरु हुने छन् भने अप्रिल ३, ५ र ७ मा एक दिवसीय सिरिजका खेल हुने छन् ।