फाइल तस्बिर अलजजीरा

अन्तर्राष्ट्रिय

उत्तरी बुर्किना फासोमा भएका आक्रमणमा १ सय ७० जनाको मृत्यु

By खबरहब

March 03, 2024

वागाडुगु- उत्तरी बुर्किना फासोका विभिन्न गाउँहरूमा भएको आक्रमणमा परी १७० जनाको मृत्यु भएको छ ।

क्षेत्रीय सरकारी वकिलले जनाएअनुसार गत फेब्रुअरी २५ मा बुर्किना फासोका उत्तरी क्षेत्र, याटेंगा प्रान्तको कोम्सिलगा, नोडिन र सोरो लगायतका गाउँहरूमा आक्रमण भएको छ ।

ती आक्रमणमा परी १७० जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् ।

त्यसैगरी आक्रमणबाट महत्त्वपूर्ण भौतिक सम्पत्तिको क्षति भएको बताइएको छ । फेब्रुअरी २५ मा पनि उत्तरी बुर्किना फासोको क्याथोलिक चर्चमा आक्रमण हुँदा कम्तिमा १५ जना उपासकको मृत्यु भएको थियो भने पूर्वी बुर्किना फासोको एउटा मस्जिदमा भएको आक्रमणमा मुस्लिम उपासकहरू मारिएका थिए ।