देश/प्रदेश

प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन ‘राइट टु प्रोटिन रन’

By खबरहब

March 03, 2024

काठमाडौं- नेपाल भेटेरिनरी एसोसिएसनले प्रोटिनमाथिको अधिकार आत्मसात गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन हाफ म्याराथनको आयोजना गर्ने भएको छ । एसोसिएसनको आयोजनामा आगामी चैत १० गते राजधानीमा ‘राइट टु प्रोटिन रन’ हुने भएको छ । हाफ म्याराथन दशरथ रंगशालाबाट सुरु भएर रंगशालामै समापन हुनेछ।

यस वर्षको म्याराथन तथा अन्य विधाका दौड प्रतियोगितामा सात हजार बढी धावक सहभागी हुने लक्ष्य रहेको आयोजकको भनाइ छ ।

प्रतियोगितामा खुला हाफ म्याराथान, पुरुष १० किलोमिटर, महिला ५ किलोमिटर, १२ कक्षासम्मका विद्यार्थीलाई ५ किलोमिटर पुरुष र ३ किलोमिटर महिला र फरक क्षमता भएका व्यक्तिहरुको लागि ह्विलचेयर गरी आठ वटा विधा समावेश छन् ।

प्रतियोगिताको पुरस्कार राशि १४ लाख १२ हजार पाँच सय रूपैयाँ छ  । आफूले भाग लिएको विधामा दौड पूरा गर्ने सबै प्रतियोगीले मेडल पाउने पनि आयोजकले जानकारी दिएको छ ।