अन्तर्राष्ट्रिय

विदेशमा रहेका तिब्बतीमाथि जासुसी गर्दै चीन

By खबरहब

March 03, 2024

काठमाडौं- चीनले विदेशमा रहेका तिब्बतीमाथि जासुसी गर्दै आएको पाइएको छ । मानव अधिकार एवम् लोकतन्त्रका लागि तिब्बती केन्द्र (टीसीएचआरडी) ले चीनले विदेशमा बस्दै आएका तिब्बतीहरुलाई लक्षित गरी जासुसी अभियान नै सञ्चालन गर्दै आएको जनाएको हो ।

यस संस्था हाल भारतको हिमाञ्चल प्रदेशस्थित धर्मशालामा रहेर तिब्बत तथा तिब्बतीहरुको हकहितका लागि काम गर्दै आएको छ ।

यस संस्थाले सार्वजनिक गरेको प्रतिवेदनमा चीनले विदेशमा रहेका तिब्बतीहरुको व्यक्तिगत विवरण संकलन गर्नका लागि जासुसी अभियान सञ्चालन गर्दै आएको उल्लेख गरिएको छ ।

संस्थाका प्रवक्ता तेन्जिन दावाले तिब्बतमा रहेका आफन्तका माध्यमबाट पनि चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले यस्तो गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गरेका छन् ।