फाइल

अन्तर्राष्ट्रिय

भारतकै सबैभन्दा लामो पारवहन सुरुङ सञ्चालनमा

By खबरहब

March 03, 2024

नयाँ दिल्ली- भारतकै सबैभन्दा लामो पारवहन सुरुङ सञ्चालनमा आएको छ । भारतको जम्मु कश्मीरमा रहेको उधमपुर–श्रीनगर–बरमुल्ला रेल लिंकमा निर्मित सुरुङ सञ्चालनमा ल्याइएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई वटा विद्युतीय रेलको विदाइ गर्दै उक्त सुरुङको उद्घाटन गरेका हुन् । यस सुरुङको लम्बाइ १२ दशमलब ७७ किलोमिटर रहेको भारतीय समाचार संस्था पीटीआईले जनाएको छ ।

टी–५० नाम दिइएको सुरुङ खारी–सम्बर क्षेत्रमा रहेको पीटीआईले उल्लेख गरेको छ । यस रेल लिंकमा निर्माण गरिएका ११ मध्ये यो सबैभन्दा चुनौतीपूर्ण सुरुङ रहेको बताइएको छ ।

सन् २०१० मा निर्माण प्रारम्भ गरिएको यस सुरुङ सञ्चालनमा आउन १४ वर्ष लागेको भारतीय रेल्वे अधिकारीहरुले जनाएका छन् ।