देश/प्रदेश

शंखरापुरको जहरसिंपौवामा महायज्ञ हुँदै

By खबरहब

March 03, 2024

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका वडा नं ३ को जहरसिंपौवामा सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको छ। सोमबारदेखि सुरु हुने महायज्ञ शहरी बिकास मन्त्री सीता गुरुङले उद्घाटन गर्नेछिन् ।

श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ मुल आयोजक समितीका उपाध्यक्ष षड कुमार खतिवडाका अनुसार महायज्ञ फागुन २९ गतेसम्म सञ्चालन हुने छ ।

जहरसिंपौवामा सर्वेश्वोर महादेबको मन्दिर निर्माणार्थ आयोजना हुन गरहेको सो कार्यक्रममा भागवत बाचक पं.दिनबन्धु पोखरेल र उप बाचक पं सुरेन्द्र प्याकुरेलले प्रवचन दिने आयोजकले जनाएको छ ।

सोमबार बिहान ७३० बजे शंखरापुर नगरपालिका वडा नं ४ को नारायणश्वोर मन्दीरबाट कलशयात्रा शुरु हुनेछ । महायज्ञमा संकलन हुने रकमबाट करिव ३ करोडमा डिपिआर तयार भएको मन्दीरको निर्माण गरिने आयोजकले बताएको छ।