खेलकुद

साउदी प्रो लिग : अभामाथि अल नासरको ८ गोल

By खबरहब

April 03, 2024

काठमाडौँ– साउदी प्रो लिग फुटबल अन्तर्गत अल नासरले फराकिलो जित निकालेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अभालाई ८–० गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए । साउदी लिगमा रोनाल्डोको यो लगातार दोस्रो ह्याट्रिक हो ।

यस्तै, अब्दुलाजिज अल अलिवाले २ तथा साडियो माने, अब्दुल्माजीद अल सुलैहीम र अब्दुल रहमान घरीबले एक–एक गोल गरेका थिए ।

यो जितसँगै अल नासर २६ खेलबाट ६२ अंकसहित लिग तालिकाको दोस्रो स्थानमा रहेको छ । शीर्ष स्थानको अल हिलालको ७४ अंक छ । पराजित भएको अभा २२ अंकसहित १७औँ स्थानमा छ ।