क्रिकेट

आयरल्याण्ड ‘ए’ बाट नेपाल ‘ए’लाई १५८ रनको लक्ष्य

By खबरहब

April 03, 2024

काठमाडौँ– आयरल्याण्ड ‘ए’ विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपाल ‘ए’ ले जितका लागि १ सय ५८ रनको लक्ष्य पाएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले ३८ ओभर ३ बलमा अल आउट हुँदै १५७ रन बनायो ।

आयरल्यान्डका काडे कारमाइकलले सर्वाधिक ५१ रन बनाए । यस्तै, कप्तान निल रकले ३९, पिटर मोरले २१ र जेम्स म्याकोलुम र स्टेफन डोहनीले १२–१२ रन जोडे ।

नेपालका कमलसिंह ऐरीले सर्वाधिक चार विकेट लिए । यस्तै, साहब आलम र श्याम ढकालले दुई–दुई तथा रिजन ढकालले एक विकेट लिए ।