फाइल फोटो

अपराध

करिब २२ किलो गाँजा बरामद

By खबरहब

April 03, 2024

सिरहा– धनगढीमाई नगरपालिका-८ कसहा चोकबाट ‌अवैध लागूऔषध गाँजा करिब २२ किलो बुधबार बिहान प्रहरीले बरामद गरेको छ ।

अस्थायी प्रहरी पोष्ट कसहाबाट गस्तीमा खटिएको प्रहरीलाई देख्नासाथ २ जना पैदलयात्रीहरुले बोकेको झोला फालि फरार भएपश्चात् प्रहरीले झोला जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।

हाल फरार रहेका व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।