समाचार

रामेछाप विमानस्थलमा पहिलोपटक एक्स–रे मेसिन

By खबरहब

April 03, 2024

मन्थली– रामेछापको मन्थली विमानस्थलबाट सोलुको लुक्ला जाने पर्यटकको सङ्ख्या दैनिक बढ्दै गएपछि चेकजाँचका लागि एक्स–रे मेसिन राखिएको छ ।

नियमित चेकजाँच सहज बनाउने उद्देश्यले मन्थली विमानस्थलमा पहिलोपटक एक्स–रे मेसिन राखिएको हो ।

मेसिन नहुँदा हवाईजहाजबाट यात्रा गर्ने स्वदेशी तथा विदेशी यात्रुहरुको  प्रहरीले सबै झोला खोलेर चेकजाँच गर्ने गरेको थियो । जहाजमा लैजान प्रतिबन्धित गरिएका सामान ओसारपसार नहोस् भनेर प्रहरीले यात्रुका झोला खेलेर नै जाँच गर्ने गरेको थियो ।

जिल्लामा मेसिन प्राप्त भएपछि झोला खोलिरहनु पर्ने झन्झट नभएको र समयको समेत बचत हुने गरेको  नागरिक उड्डयन प्राधिकरण रामेछापका वरिष्ठ अधिकृत उज्ज्वल गुरागाईंले बताए। उनका अनुसार उक्त मेसिन नागरिक उड्डयन प्राधिकरण काठमाडौँले रामेछापलाई उपलब्ध गराएको हो ।