समाचार

प्रवक्ता महत भन्छन्- सहकारी प्रकरणमा गृहमन्त्रीको संलग्नता स्पष्ट देखिन्छ

By खबरहब

April 03, 2024

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले संसदीय छानबिन समिति गठन गर्न ढिलाइ हुँदा त्यसको औचित्य झन् पुष्टि हुँदै गएको बताएका छन् ।

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै सहकारी प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न कांग्रेसले लगातार संसदीय समिति गठनको माग राख्दा पनि त्यसलाई बेवास्ता गर्नुले छानबिनको औचित्य पुष्टि हुँदै गएको बताएका हुन् ।

सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न तयार नहुनुले सहकारी प्रकरणमा गृहमन्त्रीको संलग्नता रहेको स्पष्ट भएको उनले बताए । उनले कुनै दोष नहुँदा संसदीय छानबिन समिति गठन गर्न अप्ठेरो मान्नुपर्ने अवस्था नै नरहेको धारणा राखे । महतले सरकार नै अप्ठेरो पर्ने डरले प्रधानमन्त्रीले पनि छानबिन समिति गठन गर्न नचाहेको जिकिर गरे।

त्यस्तै उनले कांग्रेस जस्तो संसदीय मर्यादामा चल्ने पार्टी अरु कुनै नरहेको दाबी गरे ।