अन्तर्राष्ट्रिय

भारतमा बस पल्टिँदा तीन विद्यार्थीसहित चार जनाको मृत्यु

By खबरहब

April 03, 2024

नयाँदिल्ली– भारतको उत्तर प्रदेश राज्यमा मंगलबार स्कुल बस  दुर्घटना हुँदा बसमा सवार तीन जना विद्यार्थी सहित चार जनाको मृत्यु भएको छ । 

प्रहरीका अनुसार उत्तर प्रदेशको राजधानी लखनउ नजिकैको बाराबंकी क्षेत्रमा उक्त बस सडकमै पल्टिएको थियो । 

बसभित्र करिब ४० जना स्कुलका विद्यार्थी तथा ६ जना शिक्षक रहेको वरिष्ठ प्रहरी जगत रामले बताए।