फाइल फोटो

राजनीति

कांग्रेसले अझै उपनिर्वाचनको उम्मेदवार टुङ्गो लगाउन सकेन

By खबरहब

April 03, 2024

काठमाडौं– नेपाली कांग्रेसले उपनिर्वाचनका लागि आज पनि पार्टीको उम्मेदवार टुङ्गो लगाउन सकेको छैन।

आगामी वैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ क्षेत्र नं १ प्रदेश ‘क’ मा हुन लागेको उपनिर्वाचनमा पार्टीका तर्फबाट उठाउने उम्मेदवारबारे छलफल गर्न आज बैठक बसे पनि उम्मेदवार चयन गर्न नसकेको हो।

पार्टीका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले उपनिर्वाचनका लागि पार्टीको संसदीय बोर्ड र केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसे पनि उम्मेदवार टुङ्गो लगाउन नसकिएको जानकारी दिए।

भोलि बिहान पुन: पदाधिकारी बैठक र दिउँसो संसदीय दलको बैठक बसेर उम्मेदवार टुङ्गाउने उनले जानकारी दिए । 

७ जना सिफारिस भएका इलामबाट १ जनालाई टिकट दिने र बाकी ६ जनालाई नेतृत्वले केही न केही पद र जिम्मेवारी दिनुपर्ने उम्मेदवारका आकाङ्क्षीको माग छ ।

कांग्रेसका एक शीर्ष नेताले भने, ‘भेसराज र डम्बरमा दुईजनाले अडान छाड्नु भएको छैन । तर टिकट त डम्बर खड्कालाई नै मिल्ने माहोल छ ।’