क्रिकेट

आईपीएलमा दिल्लीलाई कोलकाताको विशाल लक्ष्य

By खबरहब

April 03, 2024

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटललाई २७३ रनको विशाल लक्ष्य दिएको छ।

डावाई एस राजशेखर रेड्डी एसीए वीडीसीए क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २७३ रन बनाएको हो ।

कोलकाताका लागि सुनील नारायणले आक्रामक ब्याटिङ गरे । ३९ बलको सामना गरेका सुनीलले ७ चौका र ६ छक्काको मदतले ८५ रन बनाए ।

त्यस्तै अंगकृष रघवंशीले ५४, आन्द्रे रसेल ४१, रिन्कु सिंह २६, फिल साल्ट र श्रेयस आय्यरले १८/१८ बनाए ।

दिल्लीका अनरिख नार्खिऐले सर्वाधिक ३ विकेट लिए। त्यस्तै इशान्त शर्माको नाममा २ विकेट रहँदा खलील अहमद र मिचेल मार्शले १र१ विकेट लिए ।