सांकेतिक तस्बिर

समाचार

सानिमा बैंकमा नक्कली खाता खोलेर वैदेशीक रोजगारीमा ठगी, दुई जना पक्राउ

By खबरहब

May 03, 2024

काठमाडौं– देशमा पछिल्लो समय ठगीका घटना निकै बढिरहेका छन् । यसैबीच सानीमा बैंकमा नक्कली खाता खोलेर बैदेशीक रोजगारीमा जान चाहानेलाई सो नक्कली खातामा पैसा जम्मा गराएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

रामेछाप घर भई हाल काठमाडौं कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ७ बस्ने ३५ बर्षीय राजन श्रेष्ठ र झापा गौदहका ४६ बर्षीय पर्वराज पाण्डे भनिने इस्वरी पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो ।

श्रेष्ठले नारायण बहादुर राईको नाममा नक्कली खाता खोलेका थिए । उनीविरुद्ध १०० जनाबाट २ करोड ६८ लाख ठगी गरेको उजुरी परेको थियो ।

पक्राउ गरेर उनीहरुमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।