क्रिकेट

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

By खबरहब

May 03, 2024

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ गरेको छ । शुक्रबार साँझ एक कार्यक्रम आयोजना गरी क्यानले विश्वकप खेल्न जाने टोलीलाई बिदाई गरेको हो ।

बिदाइ कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

नेपाली टोली शनिबार वेस्ट इन्डिज प्रस्थान गर्दैछ । वेस्ट इन्डिज र अमेरिकामा हुने विश्वकपमा नेपाल समूह ‘डी’ मा छ ।यस समूहमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्डस रहेका छन् ।

विश्वकपमा नेपालले पहिलो खेल टेक्सासमा जुन ४ मा नेदरल्यान्डससँग, जुन ११ मा फ्लोरिडामा श्रीलंकासँग, जुन १४ मा सेन्ट भिनसेन्टमा दक्षिण अफ्रिकासँग र जुन १६ मा सेन्ट भिनसेन्टमै बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।

९ स्थानमा ५५ खेल हुनेछ। कुल २८ दिन चल्ने विश्वकपमा २० टोलीले स्पर्धा गर्नेछन्।

तस्बिर : नेपाल फोटो लाइब्रेरी