क्रिकेट

टी-२० विश्वकप : नामिवियाविरुद्ध सुरुमा ब्याटिङ गर्दै ओमान

By खबरहब

June 03, 2024

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गतको तेस्रो खेलमा अहिले नामिबिया र ओमानले प्रतिस्पर्धा गर्दैछन्।

नामिबियाले केन्सिङ्टन ओवल, बार्बाडोस मैदानमा टस जितेर सुरुमा फिल्ड रोज्ने निर्णय गरेसँगै ओमानले पहिला ब्याटिङ गर्दैछ।

विश्वमा दुई खेल सकिएका छन्। पहिलो खेलमा आइतबार बिहान क्यानडामाथि अमेरिकाले सात विकेटको शानदार जित निकालेको थियो। पहिलो खेलमा टस जितेर सुरुमा फिल्ड रोजेको अमेरिकाले क्यानडाले दिएको १९५ रनको लक्ष्य १७.४ ओभरमा तीन विकेट गुमाएर १९७ रन बनाउँदै भेट्टाएको थियो।

दोस्रो खेलमा आइतबार राति वेस्ट इन्डिजले पपुवा न्युगिनी (पिएनजी)माथि पाँच विकेटको जित निकाल्दै विजयी सुरुवात गरेको छ।

पीएनजीले दिएको १ सय ३७ रनको लक्ष्य वेस्ट इन्डिजले १९ ओभरमा ५ विकेटको क्षतिमा भेट्टाएको हो।