ओमानको चार विकेट लिएका नामिबियाका रुबेन ट्रम्पलम्यान। तस्बिरः क्रिकइन्फो

क्रिकेट

नामिबियालाई ओमानले दियो ११० रनको चुनौती, रुबेनले एक्लै लिए ४ विकेट

By खबरहब

June 03, 2024

काठमाडौं – आईसीसी टी-२० क्रिकेट विश्वकप अन्तर्गत सोमबार बिहान भएको खेलमा ओमानले नामिबियालाई ११० रनको सामान्य लक्ष्य दिएको छ।

टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको ओमान नामिबियाका बलरसामु कमजोर देखिएको हो।  ओमान १९.४ ओभरमा सबै विकेट गुमाउँदै १०९ रनमा समेटिएको हो।

ओमानका लागि खालिद कैलले २९ बलको सामना गर्दै सर्वाधिक ३४ रन बनाए। जिशान मकसूद २२ रन जोड्दा अयान खान १५ रनमा आउट भए। शकील अहमदले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

ओमानका ओपनर कश्यप प्रजापति पहिलो र कप्तान अकिब इलियास दोस्रो बलमा शून्यमा आउट भएपछि उसको ब्याटिङ लाइन सुरुवातमै धरापमा परेको थियो। नामिबियाका रुबेन ट्रम्पलम्यानले सुरुका दुई बलमा लगातार विकेट लिएका थिए।

नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले २१ रन दिँदै चार विकेट लिए। डेभिड विसे तीन विकेट हात पारे। जेहार्ड इरास्मसले दुई विकेट लिँदा बर्नार्ड स्कोल्जेडले एक विकेट हात पारे। केही बेरमा नामिबियाले जवाफी ब्याटिङ गर्नेछ।

यो पनि पढ्नुहोस्

टी-२० विश्वकप : नामिवियाविरुद्ध सुरुमा ब्याटिङ गर्दै ओमान नामिबियाले सुरुको दुई बलमा लगातार लियो ओमानको दुई विकेट