समाचार

राष्ट्रियसभामा वार्षिक प्रतिवेदन पेस

By खबरहब

June 03, 2024

काठमाडौं– सरकारले राष्ट्रियसभामा आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ ।

 नेपालको संविधानको धारा ५३ बमोजिम उक्त प्रतिवेदन राष्ट्रियसभाको आजको बैठकमा पेस भएको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो प्रतिवेदन पेस गरेकी हुन् ।