राजनीति

चित्रबहादुर भन्छन् : बजेटबारेको छलफल उत्साहजनक छैन, निद्रा मात्रै लाग्छ

By खबरहब

June 03, 2024

काठमाडौं- राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले संसद्‍मा भइरहेको बजेटबारेको छलफलको औचित्यमाथि प्रश्न उठाएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा केसीले संसदमा जति बहस र छलफल गरे पनि बजेटमा कुनै परिवर्तन नहुने भएकाले यसको औचित्य नदेखेको बताए ।

बजेटको छलफल उत्साहजनक नरहेकाले आफू बैठकमा निदाएको उनले बताए ।

केसीले नेपालको संविधानमा व्यवस्था गरेबमोजिम समाजवादउन्मुख कार्यक्रमलाई प्राथमिकता दिन नसकेको धारणा राखे ।

सरकारको नीति तथा कार्यक्रमभन्दा फरक रुपमा बजेट आएको उनको भनाइ छ । केसीले बजेटले दलाल पुँजीको आगमन वृद्धिका लागि विभिन्न बाटो खुलेको तर्क गरे ।