फाइल तस्बिर

समाचार

गृहमन्त्रीले भने : विपद् व्यवस्थापनमा ढिलासुस्ती गर्ने छुट कसैलाई छैन

By खबरहब

June 03, 2024

काठमाडौं- उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापनमा ढिलासुस्ती गर्ने छुट कसैलाई नभएको बताएका छन् ।

सिंहदरबारमा सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा उनले विद्यमान ऐनकानुनका कारण विपद् व्यवस्थापनमा ढिलासुस्ती गर्ने छुट कसैलाई नभएको बताएका हुन् ।

उनले मनसुन अगावै विपद् व्यवस्थापनसम्बन्धी जटिल नीतिनियम सच्चाउन समेत निर्देशन दिएका छन्।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि कुनै कानुन, कार्यविधिले व्यवधान भएको भए आफूलाई जानकारी दिन आग्रह गर्दै गृहमन्त्री लामिछानले कानुनी एवम् प्रक्रियागत जटिलता सरकारले अन्त्य गर्ने प्रतिबद्धता जनाए ।

बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८१ पनि स्वीकृत गरेको छ ।