राजनीति

एमाले-माओवादी सम्बन्ध बलियो डोरीले बाँधेजस्तो, कुनै विवाद छैन : महेश बर्तौला

By खबरहब

June 03, 2024

काठमाडौं- नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले एमाले र माओवादीबीच कुनै विवाद नरहेको बताएका छन् ।

सोमबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमाले–माओवादीको अहिलेको सम्बन्ध बलियो डोरीले बाँधेजस्तो रहेको व्याख्या गरे ।

उनले दुई दलबीचको सम्बन्ध विश्वास र मजबुद ढंगले अघि बढ्ने धारणा राखे ।

सरकारको गतिलाई रोक्न धुप अक्षता बालेर बस्नेहरूको दिवास्प्ना पूरा नहुने उनको भनाइ छ ।

बर्तौलाले सत्तासमीकरणमा बजेटका बिषयमा छलफल कम भएको सत्य भए पनि एमालेले बजेटको अपनत्व लिँदै पारित गर्ने बताए ।

उनले सत्ता समीकरणमा रहेका सबै दलको भावनालाइ समेट्ने गरि बजेट अघि बढ्नुपर्नेमा पनि जोड दिएका छन् ।