आर्थिक

प्रभु बैंक र युएसएआईडीबीच सम्झौता

By खबरहब

June 03, 2024

काठमाडौं– प्रभु बैंक र युएसएआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजना उद्यम नेपाल बीच सम्झौता भएको छ। 

व्यापार र प्रतिस्पर्धात्मक सहयोग सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

युएसएआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजनाका तर्फबाट पार्टी प्रमुख प्रतिनिधि मार्कस् मुलर र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार नेपालको अर्थतन्त्रलाई दिगो रुपमा लघु, साना र मध्यम आकारका उद्यमको लागि वित्तीय उत्पादन र सेवाहरूमा उपलब्धता र पहुँच बढाउन, आर्थिक वृद्धिले पछाडि परेकाहरूका लागि दिगो रोजगारी वृद्धि र आय सृजनाका अवसरहरूलाई प्रोत्साहन गर्न विशेष गरी कृषि र पर्यटन क्षेत्रहरूमा काम गर्ने साझा लक्ष्य रहेको छ ।