समाचार

पाइलट विजय लामा र भावना पन्त ‘ग्राउन्डेड’

By खबरहब

June 03, 2024

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका पाइलटहरू विजय लामा र भावना पन्तलाई ‘एक्टिभ ड्युटी’ बाट हटाएको छ ।

उडान सुरक्षा प्रावधान उल्लंघन गरेको भन्द्र प्राधिकरणले उनीहरूलाई अनुसन्धान अवधिभरिका लागि ग्राउन्डेड गरेको हो ।

लामा वाइड बडी जहाज ‘एयरबस ३३०’ जहाज उडाउने क्याप्टेन हुन्। यता पन्तले भने न्यारो बडी जहाज ‘एयरबस ३२०’ उडाउने क्याप्टेन हुन् ।