संगीत

‘अब तिमी उसैको भयौ’ गीतको म्यूजिक भिडियो सार्वजनिक

By खबरहब

June 03, 2024

विराटनगर – चर्चित साहित्यकार तथा कलाकार राधा सुवेदीको स्वरमा रहेको ‘अब तिमि उसैको भयौ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सुरेश चन्द्र दाहाल तथा वसन्त बस्नेतको निर्देशन, सुरेस चन्द्र दाहालको सम्पादन रहेको उक्त म्यूजिक भिडियो पूर्वेली इन्टरटेनमेन्ट नाब युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

इटहरीको पर्यटकीय स्थल तालतलैया , इप्पीलेन्ड लगायतका स्थानहरूमा उक्त भिडियोका छायाङ्कन गरिएको थियो । भिडियोमा भोजपुरी तथा थार समुदायको सर्ट मुभीबाट डेब्यु गरेकी मोडल बेन्जु धामी , नाट्यकार प्रज्वल काफ्ले र सञ्चिता धमलाको अभियन छ ।

भिडियोमा साचो मायामा धोका पाएपछि उत्पन्न पिडालाई गीत मार्फत देखाउन खोजिएको छ । म्युजिक भिडियोले राम्रो प्रतिक्रिया पाइरहेको गीतकी सर्जक राधा सुवेदीले बताइन् ।