देश/प्रदेश

फोहोरमैला व्यवस्थापनामा गम्भीर समस्या छ : मन्त्री जोशी

By खबरहब

June 03, 2024

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले फोहोरमैला व्यवस्थापनमा गम्भीर समस्या रहेको बताएका छन् ।

विश्व वातावरण दिवसको अवसरमा आयोजित दुई दिवसीय सम्मेलनमा बोल्दै मन्त्री जोशीले यस्तो बताएका हुन् । उनले दुई दिन सम्म चल्ने सम्मेलनबाट फोहोरमैला व्यवस्थापनको लागि कस्तो नीति नियम बनाउँदा उचित हुने सरकारलाई सल्लाह र निचोड प्राप्त हुने विश्वास व्यक्त गरे ।

उनले भने, ‘फोहारको मुलथलो घर हो, हामीले घरबाट नै उचित व्यवस्थापन गर्न सके व्यवस्थापनमा समस्या हुँदैन ।’

त्यस्तै आयोजक संस्थाको तर्फबाट बोल्दै क्रिएसन नेपालका संस्थापक अध्यक्ष आनन्द मिश्रले फोहोरमैला व्यवस्थापनको विषयमा हामी सबैको सरोकारको बिषय भएको बताउँदै खाली छलफलले मात्रै नहुने ठोस कार्यान्वयन तर्फ अगाडि बढनु पर्ने बताए ।

उनले वातावरण संरक्षण र फोहोरमैला व्यवस्थापनका लागि साझा दृष्टिकोण जरुरी रहेको बताए । उनले भने, ‘सबैको सामुहिक प्रयास भए मात्र फोहोरमैला व्यवस्थापन विरुद्ध काम गर्न सजिलो हुने जिकिर गर्नु भयो ।’

सो अवसरमा क्रिएसन नेपालद्धारा दुई महत्वपूर्ण छलफल सत्रको आयोजना गरिएको थियो । फोहोमैला व्यवस्थपनमा द्धिपक्षीय र बुहपक्षीय एजेन्सीहरुबाट लगानी बिषयमा आयोजित पहिलो सत्रमा विश्व बैैंक लगायतका प्रतिनिधिले फोहोरमैला व्यवस्थापन क्षेत्रमा लगानीको बारेमा प्रकास पारेका थिए ।