पोस्टमा छिरिसकेको गोल बचाउँ गर्दै टर्कीका गोलरक्षक मेर्ट गुनोक। तस्बिरः डेली मेल

खेलकुद

टर्की र नेदरल्याण्ड युरो कपको क्वाटरफाइनल प्रवेश

By खबरहब

July 03, 2024

काठमाडौं – टर्की र नेदरल्याण्ड युरो कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

मंगलबार राति भएको खेलमा टर्कीले अस्ट्रियालाई २-१ ले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो।

यता नेदरल्याण्डले रोमानियालाई ३-० गोल अन्तरले हराउँदै प्रतिययोगिताको अन्तिम ८ मा स्थान बनाएको हो।

अब टर्कीले क्वाटरफाइनलमा नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। क्वाटरफाइनलका अन्य प्रतिस्पर्धामा स्पेनले जर्मनीको सामना गर्नेछ भने इङ्ल्याण्डले स्विटजरल्याण्डसँगको भेट पक्का गर्दा फ्रान्सले पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछन्।