देश/प्रदेश

सुदूरपश्चिममा कांग्रेस–एमाले छलफल सुरु

By खबरहब

July 03, 2024

सुदूरपश्चिम- नेपाली कांग्रेस र नेकपा एमालेबीच सहकार्यका लागि केन्द्रमा भएको सहमतिपछि सुदूरपश्चिममा पनि दुबै पार्टीका संसदीय दलका नेताहरु पनि छ्लफलमा जुटेका छन् ।

कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह र एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलबीच मंगलबार राति कञ्चनपुरको महेन्द्रनगरमा प्रदेश सरकार सञ्चालनबारे छलफल भएको छ ।

दुबै दलका नेताबीच प्रदेश सरकारबाट एमालेका मन्त्रीहरू फिर्ता बोलाउने र नयाँ सरकार गठनको प्रक्रिया थालनी गर्ने विषयमा छलफल भएको वार्तामा सहभागी कांग्रेस सांसद प्रकाशबहादुर देउवाले बताए ।

कांग्रेस संसदीय दलका नेता शाहले पनि केन्द्रमा भएको सहमतिअनुसार प्रदेशमा पनि दुबै पार्टीको साझेदारीमा सरकार सञ्चालन गर्ने विषयमा छलफल भएको बताए ।

सुदूरपश्चिम प्रदेशमा हाल एमालेको समर्थनमा नेकपा एकीकृत समाजवादीले सरकारको नेतृत्व गरिरहेको छ ।