राजनीति

प्रतिनिधिसभाका सचिव अधिकारीले लिए शपथ 

By खबरहब

July 03, 2024

काठमाडौं– प्रतिनिधिसभाको सचिवमा नियुक्त सुरेश अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार सभामुख देवराज घिमिरेले अधिकारीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

सभामुख देवराज घिमिरेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार अधिकारीलाई सचिवमा नियुक्त गरेका थिए ।

सङ्खुवासभा खाँदबारी नगरपालिका-२ निवासी अधिकारी शिक्षा मन्त्रालयको सचिवबाट अवकाश भएका थिए ।

प्रतिनिधिसभा सचिव पद्मप्रसाद पाण्डेय संघीय संसद्को महासचिव नियुक्त भएपछि २०८० साल माघ २३ देखि सचिव पद रिक्त थियो ।