फाइल फोटो

आर्थिक

झिनो अंकले बढ्यो नेप्से, ५ अर्बमाथिको कारोबार 

By खबरहब

July 03, 2024

काठमाडौं– मंगलबार धेरै उतारचढाव भएको शेयर बजार बुधबार भने सामान्य रहेको छ । आज नेप्से परिसूचक ३ दशमलव ७९ अंकको सामान्य अंकले बढेको हो । हिजो भने ४७ अंकले बढेको थियो ।

आज नेप्से परिसूचक शुन्य दशमलव १८ प्रतिशतले बढेर २१०४ को विन्दुमा रोकिएको छ । आज १ सय १ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १३६ कम्पनीको शेयर मूल्य घटेको  छ ।

शेयर बजारमा आज ३१४ कम्पनीका ६१ हजार १ सय ९९ कारोबारबाट १ करोड ७१ लाख ३४ हजार कित्ता शेयर किनबेच भएको छ । जसबाट आजको सम्पूर्ण कारोबार रकम ५ अर्ब ८ करोड ३५ लाख २८ हजार ९ सय ३५ पुगेको छ ।

आज सबैभन्दा धेरै मञ्जुश्री फाइनान्सको शेयर कारोबार भएको छ । यस कम्पनीको २३ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइसीएफसी फाइनान्सको १७ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स फाइनान्सको १६ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।