sf7df8f}F, @# k'; M /fli6«o;ef a}7s ;+3Lo ;+;b ejg gofF afg]Zj/df laxLaf/ a;]sf] /fli6«o;efsf] a}7ssf] ljz]if ;dodf cfˆgf] egfO /fVb} ;b:o jfdb]j uf}td . tl:a/M /Tg >]i7÷/f;;

राजनीति

वामदेव भन्छन् : निर्वाचन प्रणाली संशोधन गरौँ, कार्यकारी राष्ट्रपतिमा जाऔँ

By खबरहब

July 03, 2024

काठमाडौं- राष्ट्रिय सभा सदस्य वामदेव गौतमले मुलुकलाई दिर्घकालीन रुपमा स्थिरतातर्फ लैजान निर्वाचन प्रणाली संशोधन गर्नुपर्ने बताएका छन् ।

बुधबार राष्ट्रियसभा बैठकमा विनियोजन विधेयक, २०८१ को मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै गौतमले कुनै दलको बहुमत नआउने व्यवस्थाले सधैँ राजनीतिक अस्थिरता हुने गरेको बताए । उनले स्थिरतातर्फ लैजान निर्वाचन प्रणाली संशोधन गर्नुपर्ने बताएका हुन् ।

गौतमले संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्वन गर्नुपर्ने धारणा राखे ।

पार्टी निर्वाचित हुने प्रणाली भए पनि उम्मेद्वारहरु पहिले नै तय गरेर जनताबीच प्रस्तुत गर्ने प्रणाली स्थापित गर्नुपर्ने उनको भनाइ छ ।

सरकारले आगामी वर्षका लागि ल्याएको बजेट घाटाको भएको बताए । उनले मुलुक गणतन्त्रमा प्रवेश गरे पनि पुरानै ढंगले बजेट आउने गरेको दाबी गरे ।

बैठकमा श्रम मन्त्रालय, शिक्षा मन्त्रालय, कानून मन्त्रालय, कृषि, गृह, सञ्चार लगाएतका मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको थियो ।