सांकेतिक तस्बिर

देश/प्रदेश

अमेरिकी पेस्तोलसहित भारतीय नागरिक धनुषामा पक्राउ

By खबरहब

July 03, 2024

धनुषा : प्रहरीले धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका-६ लक्ष्मीपुरबाट एकजनालाई पेस्तोलसहित पक्राउ गरेको छ ।

‘मेड इन युएसए’ लेखिएको पेस्तोल, ६ राउण्ड गोली र १ थान म्याग्जिनसहित बिहारको सीतामढी ग्राम पञ्चायत बैरगिनिया-५ निवासी २७ वर्षीय महमद अनवर खानलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, इलाका प्रहरी कार्यालय फुलगामा र प्रहरी चौकी बहेडाबेलाबाट संयुक्त टोलीले उनलाई पेस्तोलसहित पक्राउ गरेको हो ।

उनले प्रयोग गरेको बीआर ०६ डीए ६०६३ नम्बरको सुजुकी भ्यानसमेत प्रहरीले बरामद गरेको छ । उनलाई धनुषा प्रहरीको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ।