राजनीति

एमालेका मन्त्रीको राजीनामा बुझ्दै प्रचण्डले सुनाए गीत- यस्तो पनि हुँदो रैछ, जिन्दगीमा कैले कैले…

By खबरहब

July 03, 2024

काठमाडौं – नेकपा (एमाले)का मन्त्रीहरूले राजीनामा दिएका छन् । बुधबार साँझ बालुवाटार पुगेर प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष उनीहरूले राजीनामा बुझाएका हुन् ।

उनीहरुको राजीनामा बुझेपछि प्रचण्डले कुनै राजनीतिक टिप्पणी गरेनन् । उनले एउटा कुरा भन्छु भन्दै एमालेका मन्त्रीहरुलाई फत्तेमानको गीत ‘यस्तो पनि हुँदो रैछ, जिन्दगीमा कैले कैले’ सुनाएका छन् ।

एमालेका एक मन्त्रीले भने, ‘यस्तो पनि हुँदो रैछ, जिन्दगीमा कैले कैले, कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले, भन्ने गीत प्रचण्डले सुनाउनु भयो । अरु कुनै राजनीतिक टिप्पणी गर्नुभएन् ।

एमालेका मन्त्रीहरुले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता भएको जानकारी गराएका छन् ।

याे पनि…

एमालेका मन्त्रीले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

गुपचुपमै अनुमोदन गरियो कांग्रेस–एमाले सहमति

ओलीले देउवालाई पनि धोका दिन्छन्