खेलकुद

नेपाली महिला टोली काभाबीच भलिबल च्याम्पियन

By खबरहब

August 03, 2024

काठमाडौं– नेपाली महिला टोली काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) च्याम्पियन बनेको छ । भुटानको राजधानी थिम्पुमा भएको फाइनल स्पर्धामा उज्वेकिस्तानलाई २-० को सोझो सेटमा हराउँदै नेपालले उपाधी जितेको हो ।

नेपाली महिला टोलीले पहिलोपटक काभाको स्वर्णपदक जितेको हो । उपाधि जित्ने क्रममा नेपाली महिला टोलीका सदस्य कमला पुन र मनिषा चौधरीको जोडीले उज्वेकिस्तानको टोलीलाई २१-१७ र २१-१४ को सोझो सेटमा पराजित गर्‍यो ।

यसअघि दुई वर्षअघि बङ्गलादेशमा भएको एभिसी सेन्ट्रल जोन बिच भलिबल प्रतियोगितामा नेपालको पुरुष र महिला दुबै टोलीले रजत पदक जितेको थियो ।