राजनीति

ओली सरकारले राष्ट्र र जनताको हितमा काम गर्नेछ : मुख्य सचेतक बर्तौला

By खबरहब

August 03, 2024

काठमाडौं– नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले ओली सरकारले राष्ट्र र जनताको हितमा सामर्थ्यका साथ काम गर्ने बताएका छन्  ।

आज काठमाडौंमा भएको थाहा-काठमाडौं सम्पर्क मंचको दोस्रो भेलामा बोल्दै ओली सरकार आफ्नो पूर्ण सामर्थ्यका साथ जनताको हितमा काम गर्ने बताएका हुन् । उनले अहिलेको समीकरणको सरकारले नै गणतन्त्रलाई केन्द्रमा राखेर संविधान संशोधन पनि गर्ने बताए । 

कार्यक्रममा बोल्दै बर्तौलाले भने,- ‘२०७४ सालको आम निर्वाचन पछाडि पछि चालू खर्च बढेर आयो । यो कसरी घटाउने भनेर सोच्ने बेला आयो । वडा सदस्य देखि संघीय सांसद सम्मको जनप्रतिनिधिहरू सडक, बाटो पुल भनेर हिँडेको छ । कानुन कसले बनाउने ? विकास कसले गर्ने ? सेवा प्रवाह कसले गर्ने भन्ने अन्योल रहेको छ । स्थानीय सरकारलाई दैलोदैलोमा सेवा प्रवाहमा लगाउनु पर्छ । प्रदेश सरकारलाई विकासको कामको जिम्मा दिनु पर्छ तर मन्त्री मण्डल भने कम गराउनु पर्छ र संघीय जनप्रतिनिधिहरूलाई पूर्ण रुपमा कानून निर्माणमा लगाउनु पर्छ ।’ 

 बर्तौलाले थपे, ‘एमालेबाट उम्मेदवार भएर निर्वाचित भएका जनप्रतिनिधिहरूले सुतेर बिताएको छैन ।’